निर्माण व्यवसायीसंघ मकवानपुरको अध्यक्षमा दोस्रो कार्यकालका लागि ढकालद्वारा उम्मेदवारी घोषणा

जनपत्र
२५ माघ २०७९, बुधबार २१:२१

हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा दा्स्रो कार्याकालका लागि पनि श्याम ढकालले उम्मेदवारी घोषणा गरेका छन् । उनी अहिले पनि अध्यक्षको रुपमा कार्यरत छन् । आफ्ना अधुरा कामहरु पुरा गर्ने उदेस्यका साथ दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा उम्मेदवारी दिन लागिएको उनले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

संघको साधारणसभा यहि माघ २८ गते र निर्वाचन २९ गते हुँदैछ । अधिवेशन पनि भएकाले अध्यक्षमा उठ्ने उनले घोषणा गरे । ४४५ सदस्य निर्माण व्यावासायीहरु संघमा आवद्ध रहेका छन् । उनीहरुले आफुलाई फेरी काम गर्ने अवसर दिनेगरी जिताउने दावि गरे । यो कार्यकालमा पनि निर्माण व्यावसायीका निम्ती काम गरेको र अव पनि काम गर्ने उदेस्यका साथ उम्मेदवारी दिन लागेको ढकालले वताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*