राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएकाे, कि प्रश्न साेध्नै नहुने हाे ? : महामन्त्री थापा

जनपत्र
२५ माघ २०७९, बुधबार १४:४६

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा किन गएको ? भनी प्रश्न गर्नुभएकाे छ ।

बुधवार काठमाण्डाैमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि रास्वपाप्रति असन्तुष्टि जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुराना नेताहरूलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको ? सरकारमा किन गएको भनेर भन्न नपर्ने । सरकारमा गएको मान्छे फेरि किन बाहिर गएको ? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दा हामीसँग गरिएको सहमति पालना भएन भन्ने । सहमति कसले पालना नगरेको ? प्रधानमन्त्रीले पालना नगरेको ? सबैभन्दा बढी रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि अहिले सरकार छोड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्नै नहुने हो ?’

कार्यक्रममा बाेल्दै महामन्त्री थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*