अमेरिकाद्वारा चिनियाँ ‘जासुसी बेलुन’को भग्नावशेष फिर्ता गर्न अस्वीकार

जनपत्र
२५ माघ २०७९, बुधबार ०९:३७

ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार ९३ फेब्रुअरी० देखिएको ‘जासुसी बेलुन’को भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको छ।

शुक्रवार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो। उही समयमा चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने बताइएको थियो।

उक्त बेलुनको भग्नावशेष चीनलाई अमेरिकाले फिर्ता गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ। अमेरिकी सेनाले बेलुनको भग्नावशेष संकलनको प्रयासलाई तीव्र पारेको छ।

यो बेलुन गत हप्ता अमेरिकाको मोन्टानाबाट साउथ क्यारोलिनासम्म उडिरहेको थियो। सो विषयमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले देशका राष्ट्रपति जो बाइडेनले खसाल्नका लागि आदेश दिएको बताएका थिए।

उनले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो अमेरिकी उत्तरी कमाण्डको लडाकु विमानले चीनले पठाएको उच्च उचाइमा रहेको निगरानी ‘जासूस बेलुन’ लाई सफलतापूर्वक खसालेको बताएका थिए।

अमेरिकाले चीनमाथि यी बेलुनमार्फत जासुसी आरोप लगाएको थियो। त्यसपछि यसको निगरानीमा अमेरिकाले फाइटर जेट परिचालन गरेको थियो।

यो बेलुन प्रकरणपछि अमेरिका र चीनबीच एक नयाँ कूटनीतिक विवाद सतहमा आएको छ। यसअघि यी दुई देशबीच आर्थिक र व्यापारिक मुद्दालाई लिएर शीत युद्ध चल्दै आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*