भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

जनपत्र
२५ माघ २०७९, बुधबार ०९:३३

टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भूकम्पमा परि निधन भएको छ । तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो ।

टर्की र सिरियामा सोमबार गएको ७।८ रेक्टरको भूकम्पमा परि पाँच हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हार्दिक श्रद्धाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*