राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद्को पद जाने देखिन्छ : मेटमणि चौधरी

जनपत्र
२५ माघ २०७९, बुधबार ०९:३२

एकीकृत समाजवादीका नेता एवं प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद्को पद जानसक्ने बताएका छन्।

एक टेलिभिजनलाई दिइएको अन्तरवार्तामा पूर्वमन्त्री समेत रहेका चौधरीले रवि लामिछानेको सिग्नेचर नै नचलेपछि त्यही सिग्नेचरका भरमा पाटी दर्ता, उम्मेदवारी र सांसद भएका व्यक्तिहरूको पद नै जानसक्ने तर्क गरे।

उनले भने, ‘रेशमलाल चौधरीले त्यत्रो मत लिएर जितेका थिए नि त तर पनि सबै बिग्रियो। सुन्दा अप्रिय लाग्न सक्ला तर पनि परिस्थिति सबै मिल्दै गएमा रास्वपाका सांसदहरूको पद नै जाने देखिन्छ।’ नागरिकताको विषय कमजोर नभएको उनले बताए।उकेराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*