व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक अन्य शुल्क नबुझाउनु : श्रम मन्त्रालय

जनपत्र
२४ माघ २०७९, मंगलवार ११:५१

काठमाण्डौ – व्यक्तिगत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारीमा जानेले सरकारी राजस्वबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क नबुझाउनु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक कुनै पनि शुल्क कसैलाई पनि बुझाउन नपर्ने भन्दै ठगीमा पर्नबाट बच्न मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो ।

व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाँदा कसैले दबाब वा भ्रममा पारेर गैरकानुनी रूपमा रकम मागेमा जानकारी दिन पनि मन्त्रालयले भनेको छ ।

वैदेशिक रोजगारीको नाममा सरकारको नीति, कानुन र प्रक्रियागत व्यवस्थाभन्दा बाहिर गएर कसैले पनि रकम उठाउने र ठगी गरेमा कारबाही हुने भन्दै मन्त्रालयले तोकिएको शुल्क मात्र लिन म्यानपावर व्यवसायीहरूलाई समेत सचेत गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*