बार्सिलोनालाई आठ अंकको अग्रता
बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार आठ अंकको अग्रता लिएको छ । दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनको मदतले बार्सिलोनाले सेभियालाई सजिलै ३–० ले हरायो । त्यसमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक एक गोल गरे ।
अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल म्याड्रिड रियल मार्लोकाको हातबाट १–० ले पराजित हुनुले पनि बार्सिलोनालाई फाइदा पुगेको हो । बार्सिलोनाको ५३ अंक भएको छ । रियलको ४५ अंक छ ।
हारले सेभियाको स्थिति अझ कमजोर भएको छ र उसको २१ अंक मात्र छ । यो रेलिगेसनबाट दुई अंक मात्र अगाडि हो । आइतबारका अन्य खेलमा गिरोनाले भ्यालेन्सियालाई १–० र रियल भालाडोलिडले रियल सोसिडाडलाई १–० ले हरायो ।एजेन्सी







