खाेटाङमा भिरबाट लडेर एक वृद्धकाे ज्यान गयाे

जनपत्र
२१ माघ २०७९, शनिबार ११:२५

खोटाङ – खोटाङमा भिरबाट लडेर एक वृद्धकाे ज्यान गएकाे छ । घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएकाे हाे ।

हिजाे बेलुका हिँडिरहेका बेला भिरबाट दुई सयमिटर तल खसेर गम्भीर घाइते हुनुभएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटामै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
दिक्तेल लैजानेक्रममा रावाबेसी गाउँपालिका–१ कुभिन्डे वडा कार्यालय नजिकै पुगेपछि गुरुङको ज्यान गएकाे स्थानीयले बताएका छन् ।

गएराति प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क लगिएको शव शनिवार आज बिहान पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*