महोत्सवमा शुक्रबार दर्शकको घुइँचो, कर्मा व्याण्डमा झुमे हेटौंडेली

जनपत्र
२० माघ २०७९, शुक्रबार १९:४४

हेटौंडा \  मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा शुक्रबार दर्शकको घुइँचो लागेको छ । अन्य दिन भन्दा शुक्रबार दर्शकहरुको चाप बढेको हो । शुक्रबार करिब १० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । भोली शनिबार आजको भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवको दशौं दिन शुक्रबार करिब ३० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । शनिबार पनि व्यवसायिक कारोबार वृद्धि हुने अपेक्षा रहेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालले बताए ।

शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्डको आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।  व्याण्डले हुक्का मेरो…, कोहौ तिमी…, कहाँ होला घरबार…, मार्यौ ज्यूदैं मार्यौ…,  यानीमाया यानीमाया…,  कारबाही छाता ओढेर…, मनको घण्टी लगायत थुप्रै गीतहरु प्रस्तुत गरेका थिए । व्याण्डको प्रस्तुतीमा हेटौंडेली दर्शकहरु गीतसँगै रमाउँदै गाउँदै गरेका थिए ।
त्यस्तै महोत्सवमा गायक मानसराज र गायिका ऋतु कंडेलले पनि सांगीतिक प्रस्तुती दिएकी थिइन् ।

No description available.

भोली शनिबार गायक प्रताप दास, निशान भट्टराई र बालगायक जेनिश उप्रेतीले आफ्नो प्रस्तुती रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले  प्रतिस्पर्धा गरिरहेका छन् ।  हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।

No description available.

महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह-प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह-आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।

महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*