अस्ट्रेलियामा सयबर्ष पुरानो परम्परा तोडिदै
अष्ट्रेलियाले अब आफ्नो देशको मुद्राबाट बेलायती राजतन्त्रका तस्विर हटाउने भएको छ । केन्द्रीय बैंकले महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि ५ डलरको नोटबाट उनको तस्बिर हटाएर राजा चार्ल्सको तस्बिर राख्नुपर्नेमा अब त्यस्तो नगर्ने बताएको छ ।
वास्तवमा अष्ट्रेलियामा संवैधानिक राजतन्त्रको प्रणाली छ जस अन्तर्गत बेलायतका राजा वा रानी उनीहरूको संसदको प्रमुख हुन्छन् । जसका कारण त्यहाँका बैंक नोटमा उनको तस्बिर पनि छापिएको छ । अब सय वर्षपछि यो परम्परा तोडिनेछ ।
अब बैंक नोटमा राजा चार्ल्सको तस्बिरको सट्टा अस्ट्रेलियाको ठूलो स्थानीय समुदायका नेताको तस्वीर राख्ने बताएको छ । यसका लागि बैंकले सुझाव समेत मागेको छ । नयाँ डिजाइनमार्फत अस्ट्रेलियाको संस्कृति र इतिहासलाई सम्मान गरिने रिजर्भ बैंकले जनाएको छ । यसका लागि केही वर्ष लाग्नेछ । केन्द्रीय बैंकले सरकारसँगको वार्तापछि बैंकले यस्तो निर्णय गरेको हो ।
अष्ट्रेलियाका स्थानीय समुदायले यो निर्णयको प्रशंसा गरेका छन् । बैंक नोटमा राजा चार्ल्सको तस्वीर न छाप्ने निर्णयलाई त्यहाँका स्थानीय समुदायले स्वागत गरेका छन् । अष्ट्रेलियाले अब बेलायतको प्रभावबाट बाहिर निस्कनुपर्ने उनको विश्वास छ । विगत ६५ हजार वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएको समुदायलाई महत्व दिनुपर्छ । जसलाई मौलिक वा देशी भनिन्छ ।
अस्ट्रेलियामा संवैधानिक राजतन्त्र अन्त्य गर्न सन् १९९९ मा जनमत संग्रह भएको थियो । महारानी एलिजाबेथको निधनपछि अष्ट्रेलियामा फेरि एकपटक बेलायती राजालाई आफ्नो देशको संवैधानिक प्रमुख मान्ने विषयमा बहस सुरु भएको छ । यसै सन्दर्भमा एन्थोनी अल्बानीजको सरकारलाई चुनाव गराउन दबाब पनि सिर्जना भइरहेको छ ।
तर, सन् १९९९ मा पनि जनमत संग्रह भएको थियो, जसमा संवैधानिक राजतन्त्रलाई समर्थन गर्ने पक्ष निकै कम मतले विजयी भएको थियो । अलजजिराको रिपोर्टका अनुसार अहिले अवस्था फेरिएको छ । बेलायती राजतन्त्रप्रति जनताको लगाव घटेको छ ।