स्वदेशमानै स्वरोजगार बन्नेगरी सिप सिक्नुपर्छ–मन्त्री एकालाल श्रेष्ठ
हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले स्वदेशमानै स्वरोजगार बन्नेगरी सीप सिक्नका लागि आग्रह गर्नु भएको छ । व्यावसायीक तथा सीप विकास तालिम केन्द्र हेटौंडाको आयोजनामा चालु आर्थिक वर्षमा ६ महिने कम्प्युटर, जनरल मेकानिक, र तीन मिहने बिद्युत जडान, प्लम्मिङ, केश शृगार, शिलाइकटाइको तालिमका अवसरमा प्रमाणपत्र वितरण गर्दै उहाँले यस्तो कुरा वताउनुभयो ।
एडभान्स तालिमपछी स्वरोजगार बन्नुपर्ने वताउनुभयो । तालिम सबैले लिएर काम गर्नुपर्ने उहाँको भनाई छ । कृषि संग सम्वन्धीत तालिम पनि लिएर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले वताउनुभयो । स्वदेशमानै स्वरोजगार बन्नका लागि तालिम आवस्यक रहेको र प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने वताउनुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब सुरेस राउत, केन्द्रका प्रशिक्षक फडिन्द्र तिमल्सीना, लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम व्यावसायीक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख देवराज चौलागाईंको अध्यक्षतामा भएको हो । कार्यक्रममा बिभीन्न बिषयमा सिप सिकेका युवाहरुलाई मन्त्री र सचिबले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।