बागमती प्रदेशसभाको पाँचौ वार्षिकोत्सबः मन, वचन र कर्मले भ्रष्टाचार नियन्त्रणमा लागौ- प्रदेश प्रमुख शर्मा

जनपत्र
१८ माघ २०७९, बुधबार १६:४७

हेटौंडा । बागमती प्रदेशसभाको पाँचौ बार्षिकोत्सब आज प्रदेशमा भएको छ । बार्षिकोत्सवको प्रदेश प्रमुख यादब चन्द्र शर्माले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मुल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयक समेत गरी ७० वटा विधेयकहरु पारित भएकोमा खुसी व्यक्त गर्नुभो । यस प्रदेशसभाले शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रणलाई आत्मसात् गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई अझ बढी सबल, सक्षम र प्रभावकारी बनाउन अहम् भूमिका निर्वाह गर्नेछ भन्नेमा विश्वस्त व्यक्त गर्नुभयो ।

प्रदेशसभाको दोश्रो निर्वाचनको परिणाम पश्चात नयाँ उर्जा र आकांक्षासहितको नयाँ सरकारमा फराकिलो जनप्रतिनिधित्व र वृहत समर्थन रहेको वताउनुभयो । यो अवसरलाई केबल सत्ताका लागि सरकार ठानिने पराम्परा तोड्दै जनताका लागि सरकारको अवधारणालाई प्रबलीकरण गर्ने मौकाका रुपमा उपयोग गर्न सक्नुपर्ने वताउनुभयो ।

विगतको शिक्षा र वर्तमानको अभ्यासले आगतको खाका तयार पार्ने हो । समयले सरकार र सदनको काँधमा यो दायित्व बोकाएको वताउनुभयो ।
संकटापन्न आर्थिक अवस्थाको सुधार, निर्यात प्रबर्धन, आयात प्रतिस्थापन, कृषि,उद्योग, स्वास्थ, रोजगारी, वातावरण संरक्षण र जनजीवनको सुरक्षाजस्ता विषयमा चिन्तन, मनन र छलफल हुने प्रदेश प्रमुख शर्माले वताउनुभयो ।

व्यवसायको विकास, सम्बर्धन तथा प्रबर्धनमा ध्यान पुग्ने वताउनुभयो । वनक्षेत्रको समुचित व्यवस्थापन गरी आयमूलक वन्य उत्पादनमा, वन्यजन्तु संरक्षणमा ध्यान पुग्ने वताउनुभयो । वैदेशिक मुद्रा आर्जनको क्षेत्रमा प्रदेशले योगदान दिनसक्ने क्षेत्रहरूको पहिचान गरी त्यसको सम्बद्र्धन, प्रबद्र्घन र विकासमा यथोचित ध्यान दिनुपन वताउनुभयो ।

श्रमजीवि वर्गको जीवनस्तर उकास्ने खालका आधारभूत योजना तर्जुमा गरी सीघ्र कार्यान्वयमा लैजानु अत्यावश्यक भएको वताउनुभयो । ढिलासुस्तीका कारण अलपत्र परेको योजनाहरूको अनुगमन गरी पूरा गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने उहाँले वताउनुभयो । रुग्ण अवस्थामा रहको हेटौडा सिमेन्ट जस्ता उद्योगहरुको स्तरोन्नति गर्दै उत्पादन क्षमता वृद्घि गरी अर्थतन्त्रमा टेवा दिने विषयमा आवश्यक कदम चाल्नुपर्ने देखिन्छ र अन्य उद्योगहरूको पुन ः परिचालनमा समेत यथोचित प्रबन्ध हुनेछ भन्ने विश्वास लिएको वताउनुभयो ।

राष्ट्रवादको टोपीको गन्तव्य, लम्पट पूजीवाद र दलाल अर्थतन्त्रको जुत्ताले हाम्रो संविधानले निर्दिष्ट गरेको समाजवादको गन्तव्य निर्धारण गर्न नसक्ने वताउनुभयो । यसैले मन, वचन र कर्मले भ्रष्टाचार नियन्त्रण, सुशासन व्यवस्थापन र रुपान्तरणका लागि समर्पित हुनु अपरिहार्य भएको वताउनुभयो ।

उहाँले भन्नुभयो–‘विप्रेषणलाई उत्पादनसंग जोड्न, प्रदेशस्तरीय उत्पादन अभिवृद्धि गर्न र सरकारी खर्चको न्युनीकरण गर्न, अत्याधिक सुविधा भोगी मनोग्रन्थीको सल्यकृया गरी सादा जीवन र उच्च विचारको जीवनशैली अङ्गीकार गरी नमुनायोग्य कार्य गर्न अत्यावश्यक छ । सरल, सुलभ र शिघ्र सेवा प्रदान गर्ने कार्य–प्रणाली संचालन गर्न र र राज्यकोषबाट हुने लगानीको संरक्षण, सम्बर्धन एवं प्रबद्र्धन गर्न नियम कानून निर्माण हुन अत्यावश्यक भएको छ । बढ्दो ब्लतष्ष्लअगmदभलअथ चिन्तनधारालाई राष्ट्र तथा जनताको हितमा कार्य सम्पादन गरेर घटाउन सकिन्छ । संविधानले व्यवस्था गरेका राज्यका निर्देशक सिद्घान्त, नीति तथा दायित्वहरुलाई इमानदारीतापूर्वक दृढ इच्छा शक्तिका साथ सम्पादन गरे यो समस्याको समाधान हुनसक्छ ।’

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तीन तहको सरकारले आपसी सरसल्लाह गरेर समन्वय गरेर काम गरिने वताउनुभयो । अहिले प्रदेशमा प्रहरी समायोजनको काम अगाडी बढ्दै गरेको उहाँले वताउनुभयो । अब सबै मिलेर उत्पादन बढाउने र रोजगारी बढाउनेगरी काम गर्नेगरी प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो ।

व्यक्तिलाई दिएको लाखौ अनुदानले केही पनि प्रतिफल नदिएकोमा उहाँले गुनासो गर्नुभयो । अब परिणाम ल्याउनेगरी काम गरिने उहाँको भनाई छ । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रले बनाएपछी मात्र प्रदेशले बनाउन मिल्ने कानूनका कारण धेरै समस्या भइरहेको वताउनुभयो । प्रदेशसभाका सदस्यहरुलाई जिम्मेवारी दिएर काम गर्नका लागि आग्रह समेत गर्नुभयो । सरकारलाई काम गर्नका लागि सबैको सपोर्ट आवस्यक रहेको वताउनुभयो ।

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभामुख सानुकुमार श्रेष्ठ, नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामा, उपसभामुख अप्सरा चापागाई, प्रदेशका मन्त्रीहरु, सचिबहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*