अध्यक्षको राजीनामा मागेर क्यानलाई निलम्बनमा लैजान खोजेको आरोप

जनपत्र
१८ माघ २०७९, बुधबार १३:०२

पोखरा । नेपाल क्रिकेट संघ क्यानले आफ्नै सदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेर क्यानलाई फेरि एक पटक निलम्बनमा लैजान खोजेको आरोप लगाएको छ ।

पोखरामा बसेका क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रिय सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चन्दको राजिनामा मागेका थिए ।

‘नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष लगायत कार्य सम्पादन समितिका सदस्यहरुको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेको विषयमा छलफल हुँदा निजहरुको उक्त मागले नेपाल क्रिकेट संघ फेरि एक पटक निलम्बनतिर खतरामा रहेको महसुस गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले विगतका गल्ती कमजोरीलाई सुधारेर एक ढिक्का भइ नेपाल क्रिकेट संघको हक हीतका लागि अघि बढ्नका लागि सहकार्यमा आउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*