व्यवस्थित भएर पिउने हो भने पानीले नै सहयोग गर्छ तौल घटाउन

जनपत्र
१० श्रावण २०७६, शुक्रबार ०६:२४

हामी सबैलाई थाहा छ, स्वस्थ जीवनका लागि र सही पाचन क्रियाका लागि पर्याप्त पानीको आवश्यकता पर्छ । विशेषज्ञहरु त भन्छन्– पानीको सहयोगले नै हामीले हाम्रो तौल नियन्त्रण पनि गर्न सक्छौँ । मोटोपना खासमा अत्यन्त ठूलो स्वास्थ्य समस्या हो । यसको सम्बन्ध हामीलाई लाग्ने भोक र मेटाबोलिज्मसँग पनि हुन्छ । मोटोपना त टाइप २ डायबिटिज, आथ्रराइटिस तथा केही क्यान्सरसँग पनि जोडिएको हुन्छ । त्यसैले मोटोपनालाई कसैले पनि राम्रो मान्दैन ।

यस्तो अवस्थामा पानीको फाइदालाई नजरअन्दाज गर्न मिल्दैन । वजन क मगर्न पानी पनि निकै फाइदाजनक हुन्छ । पानी पिउनाले शरीरमा भएका हानीकारक चिजहरु बाहिर निस्कने मात्र होइन, हाम्रो पाचन प्रणाली तथा मांसपेशीको काम पनि राम्रोसँग हुन्छ । त्यसैले पानी हामीले पर्याप्त मात्रामा पिउनु पर्छ । कतिले त दैनिक १० गिलास पानीले हामीलाई फाइदा गर्ने बताउँछन् । के सम्म गर्न सकिन्छ भने घरमा हुँदा, अफिसमा हुँदा वा यात्रामा जाँदा पनि आफूसँग पानीको बोतल लिएर जान सकिन्छ ।

धेरै क्यालोरी भएका पेय पदार्थको खपत कम गर्न पनि हामीलाई पानीको आवश्यकता पर्छ । चिसो तथा मीठो लाग्न पेय पदार्थहरुले खासमा हाम्रो प्यास पनि मेट्दैनन् र शरीरको तौल पनि बढाइदिन्छन् ।

खाना खानुभन्दा अगाडि पानी पिउनु चाहिँ राम्रो मान्न सकिँदैन । खाना खानुभन्दा अगाडि पानी पिउँदा खानाबाट हामीलाई चाहिने ऊर्जा प्राप्त नहुने विभिन्न अध्ययनले देखाएका छन् । बरु के चाहिँ हो भने भोक कम गर्न पनि पानी पिउनु फाइदाजनक हुनसक्छ । वजन कम गर्न चाहनेले त झन् तातो पानी पिउनु फाइदाजनक हुन्छ । विहान उठ्ने वित्तिकै मनतातो पानी पिउँदा हाम्रो शरीरको तापक्रम व्यवस्थित गर्न त्यसले सहयोग गर्छ ।  सँगसँगै मन तातो पानीले हामीलाई तौल घटाउने प्रक्रियामा पनि सहयोग गर्न सक्छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*