१३० विघामा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट

जनपत्र
१८ माघ २०७९, बुधबार ०६:५८

राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा १ सय ३० बिघा जमिनमा अवैध रूपमा लगाइएका अफिम खेती तथा २८ बिघा १० कठ्ठा जमिनमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको प्रहरीले जनाएको छ । जसमध्ये राक्सिराङ गाउँपालिका –४ मा रहेको चैत, देबिटार र चौकिदार एरियाको साथै सोही गाउँपालिका–६ अन्तर्गत काङद्राङ, काम्ले, नारायणी र अईनाटर एरियामा लगाइएको अफिम तथा गाँजा नष्ट गरिएको छ ।

सोही गाउँपालिका –७ अन्तर्गत छाकुन, भुइबिसौने, धुसेनी, डामटार, जुरिथुम, चौकिडाँडा, फेदी, घैयाबारी, गार्लिङ र खर्लिङ एरियाको समेत गरी ९५ विघामा लगाइएको अफिम खेती र २८ बिगाह १० कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

यसैगरी कैलाश गाउँपालिका–७ र ८ का भार्ता, फास्टा, पाख्रे लगायतका विभिन्न वडा एरियाको ३५ बिघामा लगाइएको अफिम खेती समेत प्रहरीले फडानी गरी नष्ट गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*