‘उड्ने मान्छे’ले इंग्लिस च्यानल आधा पार गरे

जनपत्र
१० श्रावण २०७६, शुक्रबार ०६:२२

उड्ने मान्छेका रुपमा परिचित फ्रान्सेली नागरिकले उड्ने बोर्डबाट इंग्लिस च्यानल आधा मात्र पार गरेका छन् । उत्तरी फ्रान्सबाट दक्षिणी बेलायतबीचको ५५ किलोमिटर दुरी २० मिनेटमा पार गर्ने उद्देश्यका साथ उडेका उनी आधा यात्रापछि तेल भर्ने क्रममा पानीमा खसेका थिए । तेल भर्न डुंगामा उत्रन खोज्दा पूर्व जेट स्की च्याम्पियन फ्रान्की जापाटा खसेका थिए । तर, उनी घाइते भएनन् । जापाटाले हिम्मत हारेका छैनन् । अर्को प्रयास गरेर इंग्लिस च्यानल पार गर्ने बताए ।

सन्तुलन नमिल्दा डुंगामा केही सेन्टिमिटरका कारण पुग्न सकेनन् । जपाटाले पानीबाट १५ देखि २० मिटरमाथि रहेर १४० किलोमिटर गतिको यात्रा गर्दै बढेका थिए ।

Photo: Tert

जापाटाले आफैले आविष्कार गरेको उड्ने मेशिन सानो जेट इन्जिनले बनेको छ । यो मट्टितेलबाट चल्छ । मेशिन सैन्य प्रायोजनमा पनि काम लाग्ने गरी परीक्षण भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*