ऐतिहासिक गाल्जे साँघु मेला सुरु
कालीकोट – तिलागुफा नगरपालिकाको गाल्जेमा ऐतिहासिक गाल्जे साँघु मेला सुरु भएकाे छ । गएकाे आइतवारदेखि सुरु भएकाे मेला एक हप्तासम्म चल्नेछ । परापूर्वकालमा पतिको निधनपछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झनास्वरूप १२ वर्षमा एक पटक यो मेला लाग्ने गर्दछ । माघ पूर्णिमाको अवस/मा ऐतिहासिक तथा धार्मिक महt\त्व बोकेको यो मेला स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।
गएकाे असोज १९ गतेदेखि परेको अविरल वर्षाले ऐतिहासिक गाल्जे साँघु लगायत त्यहाँका सबै पूजाका सामग्री बगाएको थियो । गाल्जे साँघु बगाएपछि स्थानीयले पुनः काठको साँघु तयार गरेका थिए । साँघु निर्माणको काम पूरा भएपछि ऐतिहासिक गाल्जे साँघुको पूजा मेला सुरु गरेको तिलागुफाका मेयर शंकर उपाध्यायले बताउनुभयो । पर्यटन प्रवर्द्धन र धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकाको आर्थिक सहयोगमा साँघुको पूर्वाधार निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलागाईँले बताउनुभयो ।
स्थानीय जुबिथा गाउँका महिलाहरू यो धार्मिक ऐतिहासिक पूजामा नआएमा सत्यवती देवी रिसाउने, अनिष्ट हुने जनविश्वास रहिआएको छ । सात दिन सम्म लाग्ने मेलामा कालीकोटको जुबिथा, गाल्जे, राँचुली, शुभकालिका, महावै, खाँडाचक्र, जुम्ला, दैलेख लगायतका गाउँपालिकाबाट भक्तजन आउने गरेका छन् ।
मेलामा धामी नाचका साथै देउडा लगायतका सांस्कृतिक प्रस्तुतिसमेत हुन्छ । मेलाको मुख्य आकर्षणमा एक सरो धागोमा तिला नदीबाट एक गाग्रीमा पानी ल्याउने, साँघुका बाडामा धामी नाच्ने लगायत रहेकाे छ ।