नेपाल भ्रष्टाचार हुने देशको सूचीमा ११०औँ स्थानमा, डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने देश

जनपत्र
१७ माघ २०७९, मंगलवार १२:०१

काठमाण्डाै – नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११० औँ स्थानमा परेको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कका साथ ११७औँ स्थानमा थियो ।

अङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त हुने देशहरुको श्रेणीमै कायम छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अङ्क पाएर २५औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ ।

यस्तै, विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ । ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्कले ९० अङ्क पाएको छ । यस्तै,  १२ अङ्क पाएको सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २८ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*