प्रधानमन्त्रीलाई एकीकृत समाजवादीकाे ज्ञापनपत्र : देशकाे आर्थिक सङ्कट समाधान गर्न आग्रह

जनपत्र
१७ माघ २०७९, मंगलवार ११:५७

काठमाण्डाै – एकीकृत समाजवादीले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आज मङ्गलवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै सङ्कट समाधानका लागि २० बुँदे सुझाव दिएको हाे ।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव विजय पौडेलले देशको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेको र आर्थिक सङ्कटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम नागरिकले दैनिक जसो आत्महत्या गर्नुपरेका घटना बढिरहेको बताउनु भयो ।

उहाँले देशको आर्थिक सङ्कट समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम र अपनाउनुपर्ने आर्थिक रणनीतिका बारेमा प्रतिपक्षी दलको हिसाबले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई सुझाव दिएको पनि बताउनु भयो ।

उहाँका अनुसार पार्टीले देशको अर्थतन्त्रमा सुधार ल्याउनको लागि तत्काल अल्पकालीन उपाय अवलम्बन गर्नुका साथै दीर्घकालीन उपायहरु अपनाउन ढिलो गर्नुनहुने जनाएको छ । त्यस्तै विधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी र बौद्धिक जनशक्ति पलायनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिएकाे छ ।

कक्षा ८ देखि १२ सम्मका पाठ्यक्रममा १ विषय अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठहरु राख्न, विद्यार्थीहरुको विदेश पलायन रोक्नका लागि देशभित्र विद्यार्थीले पढ्न चाहेको विषयमा पर्याप्त सिट सङ्ख्या उपलब्ध गराउन, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन वृद्धिमा जोड दिनुका साथै कृषि उपज बिक्रीको प्रत्याभूति गर्न आग्रह गरेको छ ।

यस्ताे छ २० बुँदे ज्ञापनपत्र :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*