कैलालीमा बञ्चराे प्रहार गरी छोराले गरे आमाकाे हत्या

जनपत्र
१७ माघ २०७९, मंगलवार ११:५१

कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।

सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमाराका श्रीराम थारुले आमा लगनी थरुनीमाथि बञ्चरो प्रहार गरेका हुन् ।

गम्भीर घाइते भएकी उनको धनगढीको नवजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

घटनामा संलग्न रहेका श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*