बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको राजनितिक सल्लाहकारमा ढकाल

जनपत्र
१७ माघ २०७९, मंगलवार १०:०७

हेटौडा / बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त हुनुभएको छ ।

भक्तपुर नगरपालिका १० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुबिधा रहनेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । यसअघि मुख्यमन्त्रीले कानूनी सल्लाहकार नियुक्त गरिसक्नु भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकाल पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुनुहुन्छ । उहाँ माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गर्नु भएको थियो । अर्थ तथा राजनीति क्षेत्रका जानकार मानिने ढकाल अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव भएर पनि काम गर्नु भएको थियो ।

उहाँले हालै ‘समाजवाद र नेपाल’ नामक पुस्तक सार्वजनिक गर्नु भएको थियो । हालसम्म उहाँका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*