बागमती प्रदेश : एकीकृत समाजवादीले अझै चयन गर्न सकेन दलको नेता

जनपत्र
१६ माघ २०७९, सोमबार ०८:००

हेटौंडा । बागमती प्रदेश सभामा प्रदेशका १३ जिल्लाबाट ७ राजनीतिक दलहरुले प्रतिनिधित्व गरेका छन्।  जसमध्ये हालसम्म ६ दलले संसदीय दलको नेता चयन गरेका छन्। तर नेकपा एकीकृत समाजवादीले अझै दलको नेता चयन गर्न सकेको छैन।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रदेश संसदीय दलको नेता चयन गरिसकेका छन्।

बागमतीमा एकीकृत समाजवादीको ७ सिट छ। पार्टीकै आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन प्रक्रिया नटुंगिएको हो। एकीकृत समाजवादीका एक प्रदेश प्रदेशसभा सदस्यले विवादकै कारण दलको नेता चयन हुन नसकेको बताए।

समाजवादीले अन्य ६ वटै प्रदेशमा दलको नेता चयन गरिसकेको छ। दलका नेता चयनमा ७ जना सांसदबीच हानाथाप छ। ७ सांसदबीच सहमति खोज्दा पनि जुट्न नसकेको एकजना सांसदले बताएका छन्।

११० सांसद रहेको बागमतीमा एमालेका २७, नेपाली कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*