रास्वपाले गृहमन्त्रालय नछाड्ने

जनपत्र
१५ माघ २०७९, आईतवार १४:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।

लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।

रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’

गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । ‘गृहमा हाम्रो दाबी रहन्छ । तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्,’ ढकालले भने, ‘यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*