गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

जनपत्र
१५ माघ २०७९, आईतवार १२:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । त्यसको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न उनले केन्द्रका पदाधिकारीलाई सुझाव दिए ।

आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ ।’

हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग केन्द्रका पदाधिकारीले राखेका थिए । ती मागलाई सरकारले पनि गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउँदै भने, ‘जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ । यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ । यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*