निजामती कर्मचारी संगठनको हेटौंडामा प्रशिक्षणात्मक कार्यक्रम

जनपत्र
१४ माघ २०७९, शनिबार १९:०५

हेटौंडा । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा आज हेटौंडामा वन भोज तथा प्रशिक्षणात्मक कार्यक्रम भएको छ ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट संघीय सांसद तथा एमाले बागमती प्रदेशका उपसचिब महेश कुमार वर्तौला, बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको बिशेष आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनमा रहेर काम गर्दै आउनु भएका संघीय वन तथा वातावरण मन्त्रालयका सहसचिब नवराज पुडासैनी र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिब राम शरण सापकोटालाई सम्मान गरिएको थियो । सांसद बर्तौला र मन्त्री श्रेष्ठले उहाँहरुलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज विष्णु प्रसाद अर्याल लगायतकाको आतिथ्यता रहेको थियो । निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष यादविन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*