मकवानपुरको मनहरीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

जनपत्र
१४ माघ २०७९, शनिबार ०७:४५

हेटौंडा । मकवानपुरको मनहरीमा तेल बोकेको ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । गएराती तेल टेयाङ्करको ठक्करबाट मोटरसाइकल चाललको मृत्यु भएको हो ।

मनहरी गाउँपालिका वडा नम्बर– ६ नयांबस्तिमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का ४० बर्षीय शंकरत्न तितुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।

तितुङको मृत्यु भएपछी स्थानीय वासिन्दाहरुले दुइ घण्टा सम्म पूर्व पस्चिम राजमार्ग अबरुद्ध गरेका थिए । डिजेल बोकेर हेटौडाबाट चितवन तर्फ जादै गरेको ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले बिपरित दिशाबाट आउदै गरेको ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तितुङको ज्यान गएको थियो । ठक्कर दिने ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*