म भित्रको जवाफदेही सरकारले ‘जा’ भनेका कारण प्रेमलाई भेटेँ : राज्यमन्त्री कार्की
काठमाण्डाै – स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफ्नो मनले अन्तिम अवस्थामा भए पनि प्रेमप्रसाद आचार्यलाई भेट्नुपर्छ भनेका कारण अस्पतालमा पुगेर भेटेको स्पष्टीकरण दिनुभएको छ ।
गएको मङ्गलवार बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका आचार्यलाई अस्पतालमा भेट्न जाँदा स्वास्थ्य मापदण्ड पूरा नगरेको आरोप खेपिरहनुभएकी कार्कीले आफूले मापदण्ड उल्लङ्घनको कुनै काम नगरेको बताउनुभएको छ ।
फेसबुकमा स्टाटस लेख्दै मन्त्री कार्कीले भन्नुभएको छ ‘त्यो संवेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैँले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानिटाइजरले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु । कसले भिडियो लिनुभएको थियो कृपया पूरा भिडियो छ भने हेर्नुहोला मैले बिरामी छुनुअघि र पछि दुवै पटक हातमा स्यानिटाइजर लगाएको छु ।’
उहाँले ८० प्रतिशत जलिसकेको मानिस बचाउन कुनै चमत्कार विना असम्भव रहेकोले सक्दो चाँडो उहाँसँग कुरा गर्न आफूले हतारमा भेटेको कार्कीको भनाइ छ ।
राज्यमन्त्री कार्कीको भनाइ यस्तो छ :