सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

जनपत्र
१३ माघ २०७९, शुक्रबार १४:२८

काठमाडौं । ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७-६ (७-२), ६-४, ६- ७ (६-८), ६-४ को सेटमा पराजित गरेका हुन् ।

२४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुगेका हुन् । उनले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछन् ।

सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने भएका हुन् । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुगेका थिए । त्यसबेला उनी जोकोभिचसँगै पराजित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*