वडाध्यक्षमा एक मतको विवाद : पुनः मत गणना नगर्न सर्वोच्चको अन्तरिम आदेश

जनपत्र
१३ माघ २०७९, शुक्रबार ०८:२८

नेकपा एमालेका उम्मेदवार १ मतान्तरले विजयी भएको सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मत गणना गर्न उच्च अदालत जनकपुरले दिएको आदेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि सम्पन्न निर्वाचनको यसअघिको मतगणना रद्द गरी पुनः गणना गर्न गएको पुस २२ गते उच्च अदालतले आदेश दिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*