हेटौंडाको मेयरका सचिवालयका कर्मचारीद्वारा पत्रकार माथी दुव्यहारको घटना प्रति ध्यानाकर्षण
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको स्वकिय सचिवालयका कर्मचारीले पत्रकारमाथी दुरव्यवहार गरेको घटनामा प्रेस चौतारी मकवानपुर साखाले ध्यानाकर्षण भएको जनाएको छ ।
मेयरका सचिवालयका कर्मचारी द्वारा पत्रकार माथी दुव्यहारको घटना प्रति प्रेस चौतारी मकवानपुरले ध्यानाकर्षण भएको जनाएको हो । आज हेटौँडा उपमहानगरपालिका कार्यालयमा प्रहर खबरका सम्बाददाता एवम् प्रेस चौतारी मकवानपुर शाखाका सदस्य संजिव सुनारमाथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा सचिवालयमा काम गर्ने कर्मचारीले दुरव्यवहार गरेका हुन् ।
हरेक घटनाको सत्य,तथ्य सुचना पाउने जनताको अधिकार हो । उक्त अधिकारको रक्षा गर्न र सत्य तथ्य सुचना संकलन गर्न जादाँ पत्रकार माथि मेयर लामाको सचिबालयका कर्मचारीले कस्को आदेशले भिडियो खिचिएको भन्दै दुर्व्यवहार गर्नुले स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्ने अराजकता प्रस्तुत भएको छ । मेयर लामाकी स्वकीय सचिव रुपा बिडारी सहितको टोलीले दुब्र्यवहार गरेको हो ।
बिडारीले आफुपनि पहिला पत्रकार भएको भन्दै सो खिचिएको भिडियो डिलेट गर्नका लागि आदेश दिदै दुुब्र्यवहार गर्नुले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ । त्यसैले प्रेस चौतारी नेपाल मकवानपुर उक्त घटनाको घोर निन्दा एव् भत्सना गर्दै खेद प्रकट गरेको छ ।






