बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त
हेटौँडा । बागमती प्रदेश प्रमखु यादवचन्द्र शर्ममाले बागमती प्रदेशको मुख्य न्यायधिवत्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपाललाई प्रदेश सरकारको मुख्य न्याधिवत्तामा नियुक्त गरेका हुन् ।
जम्कट्टेलको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिकवक्तामा नेपाल नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई आज नियुक्त गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिना अघि राजीनामा दिएका थिए ।