केन्द्रीय समितिको बैठकबाट किन भागिरहेका छन् देउवा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दुई पटक मिति तोकेर पनि बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक १५ माघका लागि तय भएको थियो ।
तर मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना निकालेर ‘विशेष कारणवश’ अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
यसअघि पुस २२ मा बोलाइएको बैठक २८ हुँदै माघ १५ का लागि मिति सारिएको थियो ।
कांग्रेसको विधानअनुसार हरेक २–२ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हो । पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीयसमिति बैठक बसेको थियो । ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पास गर्न अर्को बैठक बस्यो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन ।






