जनगणनाको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीको समय पर्खिंदै

जनपत्र
१२ माघ २०७९, बिहीबार १३:५९

काठमाडौं । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन २०७९ सालको दशौं महिना आइपुग्दासम्म सार्वजनिक भएको छैन ।

केन्द्रीय तथ्यांक विभाग -हालको राष्ट्रिय तथ्यांक कार्यालय) ले जनगणनाको प्रारम्भिक प्रतिवेदन १२ माघमा सार्वजनिक गरेको थियो र ६ महिनाभित्र पूर्ण प्रतिवेदन ल्याउने घोषणा गरेको थियो । यदि घोषणाअनुसार काम भएको भए गत असारमै प्रतिवेदन आइसक्नुपर्ने थियो ।

तथ्यांक कार्यालय स्रोतका अनुसार जनगणनाको पूर्ण प्रतिवेदन वर्तमान सरकार गठनअगाडि नै तयार भइसकेको थियो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाटै प्रतिवेदन सार्वजनिक गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समय पनि मागिएको थियो । तर, सरकार परिवर्तन भयो । त्यसपछि नयाँ प्रधानमन्त्रीबाट नतिजा सार्वजनिक गराउने भन्दै केही समय रोकियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*