बागमती प्रदेश मन्त्रिपरिषद्ः माओवादीमा कसैलाई अवसरै अवसरको खात, कसैलाई पुर्पुरोमा हात

हेटौंडा । बागमती प्रदेशमा रहेको मन्त्रिपरिषद्मा ११ जना सहभागि भएका छन् । ती मध्य ८ जना नयाँ अनुहार रहेका छन् । पुराना अनुहार देखिएकाहरु भने नेकपा माओवादी केन्द्रबाट यस प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सहित अरु दुइ जना मन्त्री छन् ।
माओबादीले यो पटकको मन्त्रीपरिषदमा गठवन्धनमा मुख्यमन्त्री सहित चार जना प्राप्त गर्दा तीन जना पुरानै अनुहारले अवसर प्राप्त गरेका हुन् । नेकपा एमालेले चार जना प्राप्त गरेकोमा चारै जना नयाँ अनुहार हुन् । राप्रपाको पनि तीनै जना नयाँ अनुहार हुन् ।
नेकपा एमाले र राप्रपाले सिफारिस गरेर पठाएका मन्त्रीहरु भने सबै नयाँ अनुहार हुन् । उनीहरु अहिले सम्म मन्त्री नबनेका अनुहार हुन् । माओबादीमा दोस्रो पटक पनि मन्त्रीको अवसर पाएका प्रदेशका नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान रहनु भएको छ ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भने प्रदेश संरचना स्थापना भएर प्रदेश सरकार गठन भए देखिनै अवसर पाउनु भएको छ । सबै भन्दा सुरुमा डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाउनु भएका जम्मकट्टेलले राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभयो ।
अहिलेको गठवन्धनको सरकारमा उहाँले मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो । मुक्तान र दुलाल पनि यस अघिको सरकारमा मन्त्रीका रुपमा काम गर्नुभयो । मुक्तानले त यस अघिको सरकारको अवधि सकिएर थोरै समय बाहिर रहेर फेरी सरकारमा सहभागि हुने मौका प्राप्त गर्नुभयो ।
अहिले केही माओबादीका नेताहरुनै भन्न थालेका छन् केहीलाई अवसरै अवसरको खात, केहीलाई भने सधै पुर्पुरोमा हात भएको वताउँछन् । संबिधान सभा सदस्य देखि पटक पटक प्रतक्षमा राम्रो मत सहित चुनाव जितेका मकवानपुरका माओबादी सांसद प्रेम बहादुर पुलामी त्यसको उदाहरण हुनुहुन्छ ।
पटक पटक सांसद भएर पनि आफ्नै संगैका साथीहरु मुख्यमन्त्री र मन्त्री पटक पटक हुँदा पनि पुलामीले अहिले सम्म मन्त्री बन्ने अवसर नपाएको उहाँ निकट नेताहरु वताउँछन् ।