हेटौंडामा–५ भैरवरोडमा रहेको प्राधिकरणको गोदामघरमा आगलागी

जनपत्र
१२ माघ २०७९, बिहीबार ०६:४४

हेटौंडा। नेपाल विद्युत प्राधिकरणमा रहेको गोदाममा गएराती आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ भैरवरोडमा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरमा गएराती आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट प्राधिकरणका धेरै सामानहरु जलेका छन् । गएराती भएको आगलागीबाट कती सामान काम नलाग्नेगरी र कती रकमबराबरको क्षति भयो भन्ने आकलन भइसकेको छैन । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौडा उपमहानगरको दमकलले करिब २ घण्टापछि नियन्त्रणमा लिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*