राखेप छानबिन समितिको प्रतिवेदन : क्यान कार्यसमिति निलम्बन गर्न सुझाव

जनपत्र
११ माघ २०७९, बुधबार १७:४६

काठमाडौं । नेपाल टी–२० लिगबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको छानबिन समितिले नेपाल क्रिकेट संघ क्यान कार्यसमिति विघटनसम्मको कारबाही गर्न सुझाव दिएको छ ।

पुस ९ देखि २७ सम्म त्रिवि मैदानमा आयोजित नेपाल टी–२० लिग नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा सट्टेबाजी, सम्भावित फिक्सिङ, श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाइएको तथा खेलाडीले पारिश्रमिक नपाएका विषयमा धेरै प्रश्न उठ्न थालेपछि राखेपले पुस २१ गते कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

समितिले क्रिकेट र नेपाल टी–२० लिगसँग सम्बन्धित २० जनाभन्दा बढी व्यक्तिसँग बयान लिएपछि प्रतिवेदन तयार पारेको हो ।

बुधबार समितिले राखेप सदस्यसचिव टंकलाल घिसिङसामू प्रतिवेदन बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*