बागमती प्रदेशमा को–को बन्दैछन् मन्त्री ? कस्लाई कुन मन्त्रालयको जिम्मेवारी दिइयो ?
हेटौंडा । बागमती प्रदेशमा आज नियुक्त हुने ८ जना मन्त्रीहरुको अन्तिम टुङ्गो लगाइ सकिएको छ । तीन दलको सहभागिा रहने यस प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा गरेर लिएका छन् ।
एमालेले पाउने मन्त्रालयमा मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने हुनु भएको छ । त्यसैगरी ललितपुरका एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका काठमाडौंका सांसद केशब पोख्रेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले सांसद युवराज दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी पाउनु भएकोे छ । माओबादीकी सांसद कुमारी मोक्तानलाई फेरी पनि सामाजिक विकास मन्त्री बनाउने भएको छ । यसैगरी माओबादी केन्द्रले आन्तरिक मामिला मन्त्री पाउने भएको छ ।
आन्तरिक मामिला मन्त्रीमा माओबादीका गंगानारायण श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरिएको छ । राप्रपाका उद्धब थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री हुनुहुने भएको श्रोतले जनाएको छ । त्यसैगरी पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएको छ ।