हेटौंडामा सहिद दिवसमा जिल्लास्तरीय कविता प्रतियाेगिता हुने
हेटौंडा । माघ १६ गते सहिद दिवसकाे अवसरमा हेटौंडामा जिल्लास्तरीय खुल्ला कविता प्रतियाेगिता हुने भएकाे छ । हेटाैंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे आयाेजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरकाे व्यवस्थापनमा प्रतियाेगिता हुन लागेकाे हो ।
प्रतियाेगितामा प्रथमलाई ७ हजार ५ सय, द्वितीयलाई ५ हजार ५ सय, तृतीयलाई ३ हजार ५ सय र सान्त्वना दुई जनालाई एक/एक हजार रूपैंया पुरस्कार राखिएकाे वडा अध्यक्ष नवीन सिग्देलले बताए । साहित्यलाई प्रतिस्पर्धाद्वारा प्रवर्द्वन गर्ने र सहिदकाे सम्मान र भूमिका स्थापित गर्न कार्यक्रम आयोजना गरिएकाे वडा अध्यक्ष सिग्देलकाे भनाई छ ।
कार्यक्रममा जिल्लाभरका ईच्छुक व्यक्ति सहभागी हुन पाउने श्याम प्रसाद प्रतिष्ठान मकवानपुरका सचिव सुभाष खनालले जानकारी दिए । सहिद विषयमा र शीर्षक स्वच्छिक हुने खुल्ला कविता प्रतियाेगिता पशुपती मन्दिर हेटाैँडा ४ मा १६ गते हुने सचिव खनालले बताए ।






