बागमती प्रदेशमा १३ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका एक्ला मुख्यमन्त्री शालिकराम जम्मकट्टेल
हेटौंडा । बागमती प्रदेशमा १३ वटा मन्त्रालयको जिम्मेवारी एक्लै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सम्हाल्दै आउनु भएको छ । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत गरी १३ वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्दै आउनु भएको हो । दुइ साता देखि मुख्यमन्त्रीले सम्हाल्दै आएका मन्त्रालयमा बोर्ड झुण्डीनु भन्दा बाहेक काम हुन सकेको छैन ।
बितेको पुस २५ गते मुख्यमन्त्रीको जिम्म्ेवारी समालेपछी पुस २६ गते दुइ जना मन्त्री र जम्मकट्टेलले सपथग्रहण गर्नु भएको थियो । प्रदेशका हरेक मन्त्रालयमा दुइ साता देखि मुख्यमन्त्रीको बोर्ड झुण्डीएको छ । मन्त्रालयको वेवसाइटमा नाम राखिएको छ । तर, त्यस भन्दा बाहेक मन्त्रालयका कुनै काम अगाडी बढ्न सकेको छैन ।
दुइ जना मन्त्री नियुक्त भएपनि एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मात्र मन्त्रालय तोकेर जिम्मेवारी पाउनुभयो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएर काम गरिरहनु भएको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीको जिम्मेवारी लिनु भएका उद्धब थापाले अहिले सम्म विना बिभागिय मन्त्रीनै हुनुहुन्छ । कुनैपनि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छैन । भौतिक मन्त्रालय माग्दै आउनु भएका थापाले अब कुन् मन्त्रालय पाउने भन्ने टुङ्गो दुइ दिन भित्रमा लाग्ने वताइएको छ ।
आर्थिक मामिला मन्त्रालय बाहेकको सबै मन्त्रालय मुख्यमन्त्रीलेनै जिम्मेवारी लिएर काम गर्नु भएको छ । मन्त्रालय भागवण्डाको तनावले गर्दा खासै उहाँले पनि आफुले समालेका मन्त्रालयमा काम गर्न पाउनु भएको छैन ।
मुख्यमन्त्रीले मुख्यमन्त्री जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर काम गर्नुपर्ने बाध्यता भएको छ ।
अब काठमाण्डौंबाट हेटौंडा फर्कदा सत्तारुढ दलहरुमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाएर मन्त्री नियुक्त गरिने मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो । दलका शर्ष नेताहरुसंग यही विषयमा छलफल भइरहेको वताउनुभयो । ११ माघ सम्म भागवण्डा टुंग्याएर प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा मुख्यमन्त्री जम्मकट्टेल लाग्नु भएको छ ।
अब सहमती नजिक पुगेकाले दलहरुका बिचमा मन्त्रीहरुको टुङ्गो लाग्ने प्रदेशका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले वताउनुभयो । मुख्यमन्त्री जम्मकट्टेलसहित बागमतीमा शीर्ष नेताहरू यतिबेला काठमाडौंमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनका लागि दलका शिर्ष नेताहरुसंग भेटघाटमा रहनु भएको छ।
जम्मकट्टेल, मन्त्री थपलिया, विनाविभागीय मन्त्री तथा राप्रपा संसदीय दलका नेता उद्धव थापासहितका नेताहरू काठमाडौंमा बागमतीको मन्त्रिपरिषद् विस्तारलाई लिएर छलफलमा जुट्नु भएको छ । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसमेत त्यस्तो छलफलमा हुनुहुन्छ ।
मन्त्री थपलियाले हालसम्म भागवण्डा नटुंगिए पनि बागमतीमा दलहरूको शक्तिअनुसार मन्त्रालय बाँडफाँट हुने बताउनुभयो । दुइ दिन भित्र सरकारले पूर्णता पाउने भएको छ । तर, दलहरूले सरकारमा दाबी गरेअनुसार भागवण्डा मिलाउन मुख्यमन्त्री जम्मकट्टेललाई कठिनाइ भइरहेको छ ।
बागमतीमा सरकारलाई समर्थन गरेका पाँचवटा दलले १४ वटा मन्त्रालयमा दाबी गरेका छन् । तर, जम्मकट्टेल भने १४ वटाबाट मन्त्रालय संख्या ११ वटा बनाउने योजनामा हुनुहुन्छ । जसका लागि उहाँले कार्यदल गठन गरेर मन्त्रालय संख्या घटाउन खोज्नु भएको हो । सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेले ५ वटा, नेकपा माओवादी केन्द्रले ४ वटा, एकीकृत समाजवादीले २ वटा, राप्रपाले २ वटा, हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालयमा दाबी गरेका छन् ।






