बागमती प्रदेश सरकारलाई अझै ३५ सय कर्मचारी अपुग छ–मुख्यमन्त्री जम्मकट्टेल

जनपत्र
६ माघ २०७९, शुक्रबार १३:१२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सम्म १४ सय २० जना कर्मचारी नियुक्त गरेपछी काममा केही सहज भएको वताउनुभयो । प्रदेश नीजामती ऐन छिटो निर्माण गर्ने प्रक्रियामा रहेको वताउनुभयो । प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै उहाँले सात वटा प्रदेशमा बागमती प्रदेश लोकसेवा आयोगले नेतृत्वदायी भूमिका खेलेको वताउनुभयो ।

प्रदेश आफैमा नयाँ भएकाले संघीय कानूनसंग बाझिएकाले केही समस्या भएको र अहिले सहज भएको वताउनुभयो । दरवन्दी भित्र अझै ३ हजार ५ सय कर्मचारी अपूग रहेको र अब कर्मचारी भर्ना गर्न ऐन निर्माण गरिसकेपछी थप सहज हुने मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो ।

शुसासन हामी सबैले पालना गर्नुपर्ने वताउनुभयो । शुसासन कर्मचारी संयन्त्रसमक्ष बढी इङ्गित गरेका छौं तर, आफैले पनि त्यो पालना गर्ने वताउनुभयो । हामी सबैले शुसासन पालना नगरेको वताउनुभयो । लोकसेवा आयोगलाई दोस्रो कार्यकालको सरकारले सहयोग गर्ने उहाँले वताउनुभयो । लोकसेवा आयोगलाई परेका कानूनी अड्चन फुकाउँदै लैजाने उहाँले वताउनुभयो । शुसासनयुक्त बागमती प्रदेश बनाउने हामी सबैको कर्तव्य रहेको वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोक सेवा आयोगकले तीन वर्षको कठिन यात्रा पार गर्नुभएकोमा बधाइ दिनुभयो । तीन वर्ष पहिले प्रदेश सरकारले आफ्नै अस्तित्व कायम राख्न चुनौती रहेको समयमा लोक सेवा आयोगका ऐन, नियम नभएको समयमा निकै समस्या भएको स्मरण गराउनुभयो ।

सबैले विस्वास गर्ने संस्था भनेको लोक सेवा आयोग हो र यसको विश्वसनियता कायम गर्न उहाँले आग्रह गर्नुभयो । निकै समस्याका विच काम सुरु गरेको प्रदेश लोकसेवा आयोगले अहिले सफलता प्राप्त गरेको वताउनुभयो । स्थानीय तहले झ्यालबाट भित्राएर राखिएका कर्मचारी राखिएको र लोक सेवा आयोग मार्फत कर्मचारी नमाग्दा समस्या भएको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*