बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदले दिए विश्वासको मत

हरि हुमागाईं
३ माघ २०७९, मंगलवार १६:१०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । उहाँले प्रदेशसभामा रहेका एक सय १० जना सांसद मध्य एक सय ५ जना सांसदले विस्वासको मत दिएका हुन् ।

उहाँलाई नेपाली कांग्रेस सहितका बिभीन्न दलहरुले विश्वासको मत दिएका हुन् । यस प्रदेशमा नेपाली कांग्रेस सबै भन्दा ठुलो दल रहेको र उसका ३७ जना सांसदहरुले मुख्यमन्त्रीलाई आज प्रदेशसभामा विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मत दिए । १ सांसद अनुपस्थित थिए ।

नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । जम्कट्टेलले नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद गरि १०५ सांसदको मत पाएका छन् । उहाँको विपक्षमा नेमकिपाका ३ सांसदले मतदान गरेका छन् । ११० सांसद रहेको प्रदेशसभामा उनलाई विश्वासको मत पाउन ५६ सांसद भए पुग्छ ।

जम्कट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो । जम्कट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिनु भएको हो । मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहनु भएको छ । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ । मुख्यमन्त्रीले सभामुख, उपसभामुखको चयन प्रक्रिय सकिएपछि विश्वासको मत लिने तयारी गरेका कारण उहाँलाई गठबन्धनबाट विश्वासको मत लिन थप सहज भएको हो ।

प्रदेशसभा बैठकमा नेपाली कांग्रेसबाट बहादुरसिंह लामा, नेकपा एमालेबाट जगन्नाथ थपलिया, माओवादीबाट युवराज चौलागाई, राप्रपाबाट कुमारी तामाङ, समाजवादीबाट कृष्ण शर्मा खनाल, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्यले धारणा राखेका थिए ।

सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेलाई विश्वासको मत दिएको हो ।

संसदीय दलको कार्यालय हेटौँडामा आज बसेको बैठकले निर्णयनै गरेर कांग्रेसका सबै सांसदहरुले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिनुभयो ।

एक सय १० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । अरू नै दलहरु मिलेर सत्ता गठबन्धन बनाएको र नेपाली कांग्रेस प्रतिपक्षीमा रहँदा रहँदै पनि किन सङ्घीय सरकारदेखि प्रदेश सरकारलाई विश्वासको मत दिइरहेको छ भनेर धेरै अचम्ममा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*