बागमती प्रदेशसभाकोे उपसभामुख चापागाईंद्वारा सपथग्रहण
हेटौंडा । बागमती प्रदेशसभाकोे उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गर्नु भएको छ । उपसभामुखमा हिजो निर्वाचित हुनु भएकी चापागाईले आज बागमती प्रदेश प्रमुको कार्यालयमा एक कार्यक्रमबिच प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई सपथग्रहण गराउनु भएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख यादब चन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख भुवन पाठक, प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, बिना बिभागिय मन्त्री उद्धब थापा, प्रदेशसा सांसदहरु, प्रदेशका बिभीन्न मन्त्रालयका सचिबहरु लगायतकाको आतिथ्यता रहेको थियो ।
हिजो दिउसो प्रदेशसभामा भएको उपसभामुखको निर्वाचनमा चापागाईं निर्वाचित हुनु भएको हो । उहाँले नेकपा एमाले, नेकपा माओेबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरु समेतको गरी ६१ मत प्राप्त गर्नुभएको थियो ।
उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । यसअघि, बागमती प्रदेशको उपसभामुख पदका उम्मेद्वार गिता काफ्लेले जम्मा ३ मत पाएकी थिईन् । उहाँको विपक्षमा ६१ सांसदले मतदान गरे भने र तटस्थमा ४४ सांसद रहेका छन् । मतदानका क्रममा १०८ जना सांसद भने उपस्थित थिए ।






