एटीआर विमानमा प्राविधिक समस्या देखिएन

जनपत्र
३ माघ २०७९, मंगलवार ०७:४१

यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको तथा जहाजमा कुनै प्राविधिक त्रुटि फेला नपरेको जनाएको छ । कुनै पनि वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने निरीक्षण, पूर्वउडान निरीक्षण र सेड्युल निरीक्षणजस्ता मर्मतसम्भारका कार्य अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीको मापदण्डबमोजिम गर्ने गरिएको प्राधिकरणले प्रष्ट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*