बागमती प्रदेशः अघिल्लो सरकारले संसदलाई छलेर ल्याएका ५ अध्यादेश प्रदेशसभाबाट स्वीकृत
हेटौंडा । बागमती प्रदेशमा अघिल्लो सरकारले ल्याएका ५ वटा अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ । यसअघि राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ल्याएका पाँच वटा अध्यादेश आज प्रदेशसभाबाट स्वीकृत गरिएको हो । आजको प्रदेशसभा बैठकमा सभामुख भुवन पाठकले अध्यादेश पेस गर्नका लागि आग्रह गरेपछी प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेका ५ अध्यादेश सर्वसम्मत स्वीकृत भएको हो ।
प्रदेशसभाबाट प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ सर्वसम्मत स्वीकृत भएको छ ।
पाण्डे नेतृत्वको सरकारले संसदलाई छलेर आफ्नो स्वार्थ अनुकुल ल्याएका अध्यादेशलाई अहिलेको सरकारले पनि स्वीकृत गरेको हो । संसद बैठकलाई छलेर आफ्ना अनुकुल र स्वार्थका अध्यादेशहरु स्वीकृत भएको हो ।