बागमती प्रदेशको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित
हेटौंडा । बागमती प्रदेशसभाकोे उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाइ निर्वाचित हुनु भएको छ । तीन जनाको प्रतिस्पर्धामा उहाँ निर्वाचित हुनु भएको हो । आज दिउसो प्रदेशसभामा भएको उपसभामुखको निर्वाचनमा चापागाईं निर्वाचित हुनु भएको हो । उहाँले नेकपा एमाले, नेकपा माओेबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरु समेतको गरी ६१ मत प्राप्त गर्नुभयो ।
उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । यसअघि, बागमती प्रदेशको उपसभामुख पदका उम्मेद्वार गिता काफ्लेले जम्मा ३ मत पाएकी थिईन् । उहाँको विपक्षमा ६१ सांसदले मतदान गरे भने र तटस्थमा ४४ सांसद रहेका छन् । मतदानका क्रममा १०८ जना सांसद भने उपस्थित थिए ।
एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक रहेका थिए । सत्ता गठवन्धनबाट एक जना र अरु दुइ जनाले उपसभामुखमा उम्मेदवारी दिएका थिए् । उपसभामुखमा पनि सत्तारुढ दलहरुको बहुमत रहेकाले अरु दुइ जना उपसभामुखको उम्मेदवारहरु पराजित भए ।
उपसभामुखमा नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्लेले उम्मेदवारी दर्ता गराउनु भएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोली सदनबाट विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसअघि सबै प्रक्रिया टुंगिनेछ ।






