विमानको ठूलो टुक्रा निकै अप्ठेराे ठाउँमा भएकोले उद्धारमा समय लागेको छ : कास्कीका प्रजिअ

जनपत्र
१ माघ २०७९, आईतवार १४:५५

काठमाण्डाै – पोखरामा यति एअरलाइन्सको जहाज दुर्घटना भएपछि अहिले उद्धार कार्य चलिरहेको छ । सेती नदीको खोँचमा खसेको जहाजको भग्नावशेषबाट प्रहरीले अहिलेसम्म ३२ जनाको शव निकालेको छ ।

उद्धारकाे काम भइरहे पनि अप्ठेराे खोँचका कारण समस्या भएको कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टेकबहादुर केसीले उज्यालोलाई जानकारी दिनुभयो । ‘दुर्घटनाग्रस्त विमानको एउटा ठूलो टुक्रा निकै अप्ठेराे ठाउँमा खसेको छ, त्यहाँ जानै मुस्किल छ तर कोसिस जारी छ’, केसीले भन्नुभयो । उहाँले अहिले नै कति जनाको ज्यान गयो भनेर यकिन गर्न सक्ने अवस्था नरहेको पनि बताउनुभयो ।

काठमाण्डाैबाट ६८ जना यात्रु लिएर उडेकाे विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदीकाे खाेँचमा दुर्घटना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*