६८ जना यात्रुसहित काठमाण्डाैबाट उडेकाे यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना
काठमाण्डाै – पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा ६८ जना यात्रु थिए।
विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।
विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।






