झापा : दमककाे नमुना बजारमा आगलागी हुँदा नाै वटा पसलमा क्षति

जनपत्र
१ माघ २०७९, आईतवार ११:१०

झापा – दमक–६ मा रहेकाे नमुना बजारमा आगलागी हुँदा ९ वटा पसलमा क्षति पुगेकाे छ । आगलागीबाट जुत्ता तथा कपडाका पसल जल्दा लाखौँ रुपैयाँ बराबरकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले आज बिहान करिब २ बजेतिर अचानक आगलागी सुरु हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएकाे जानकारी दिनुभयाे । आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

आगलागी कसरी भयो यकिन कारण खुल्न सकेकाे छैन । तर, विद्युत् सर्ट भएर आगाे लागेको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भयाे ।

दमकसहित कमल, गौरादह, कानेपोखरीका दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि आगाे निभाइएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*