बागमती प्रदेशसभामा उपसभामुखको चुनाव भोली, ३ जनाको उम्मेदवारी

जनपत्र
१ माघ २०७९, आईतवार १०:२३

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयमा भोली दिउसो उपसभामुखको चुनाव हुने भएको छ । प्रदेशसभाका उसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ। सत्ता गठवन्धनबाट एक जना र दुइ दुइ जनालय उपसभामुखमा उम्मेदवारी दिएका हुन् ।

उपसभामुखमा पनि सत्तारुढ दलहरुको बहुमत पुग्छ । सभामुखमा सत्तारुढ दलहरुका तर्फबाट राप्रपाका भुवन पाठकले ६२ मत प्राप्त गर्दै विजयी भएका थिए । उपसभामुखमा पनि सत्ता साझेदार दलहरुकै तर्फबाट विजयी हुने निश्चित छ । निर्वाचन कार्यतालिका भोली दिउसो ३ बजेबाट सुरु हुने छ । प्रदेशसभाका उपसभामुखमा सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक बसेका छन्। कांग्रेसकी परियारले प्रस्तावक उत्तम जोशी र याङ्किला शेर्पाको समर्थनमा उम्मेदवारी दिएकी हुन्। यस्तै नेमकिपाकी काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाईंको समर्थकमा उम्मेदवारी दर्ता गरेको हो। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सदनबाट विश्वासको मत लिँदै छन्। त्यसअघि सबै प्रक्रिया टुंगिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*