गाेठमा बाँधी राखेका राँगा चाेरी गर्ने भारतीय नागरिक पक्राउ
काठमाण्डाै – गाेठमा बाँधी राखेकाे राँगा चाेरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । झापा गाउँपालिका–४ का अमालाे मियाँकाे गाेठमा बाँधी राखेका २ वटा राँगा चाेरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेकाे हाे । गएकाे २६ गते राति साढे ११ बजे चाेरी भएकाे थियाे ।
त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गाेदा नाम गरेका तीन जना व्यक्ति फरार रहेकाे र खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका महमद नाजिरलाई चाेरी शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ ।